रातदिन मिसकल गरेपछि युवतीले भेट्न बोलाइन् एकान्तमा युवक भेट्न पुग्दा जे भयो त्यसपछि



हाम्रो इकोनोमि

 

प्रविधिका कारण आधुनिक समाज सजिलो त भयो, यसका असरका अनेक रुप देखिँदै गरेका छन् । संचारले जीवन सहज बनाउन भनी मोबाइल बन्यो । अचेल कतिपय ठाउँमा यसलाई दुरुपयोग गर्दा ठूलो नोक्सान ब्यहोर्नु परेको देखिन्छ ।भारतको राजस्थानस्थित एक गाउँ अनुपगढमा हालैको एक घटना हेर्दा यस्तै देखिन्छ । एक युवकले मोबाइलको दुरुपयोग गर्दा त्यसको नोक्सान उनले ब्यहोर्नुपर्यो । त्यसो त गाउँलेहरु पनि सचेत हुन नसक्दा कतिसम्म क्रुर बन्न सक्ने रहेछन् भन्ने उदाहरण देखिएको छ ।

अघिल्लो हप्ताको घटना हो । यहाँ एक युवकले छिमेकी केटीलाई बारम्बार ‘मिसकल’ गरिरहे । केटीलाई झर्को नै लाग्ने गरी ती युवकले रात दिन मिसकल गरेर दुख दिन्थे ।एक दिन ती युवतीले फोन गरेरै भेट्न बोलाइन् । भोलिपल्ट युवक उनलाई भेट्न पुर्व निर्धारित ठाउँ पुगे । तर युवती त्यहाँ एक्लै आएकी थिइनन् । उनको साथमा गाउँले पूरै थिए । घटना खासै ठूलो नभए पनि गाउँलेले युवतीलाई मिसकल गरेको कुरालाई निकै ठूलो र संवेदनशील बनाए ।

फलस्वरुप ती युवकले अपराध नै गरे झैँ उनलाई रुखमा बाँधियो र गाउँले मिलेर कु*ट्न थाले । पालैपालो गाउँलेले उनलाई लौरोले हिर्का*उन थाले । युवकको त्रुटीलाई ठूलो विषय बनाएर नि*र्घात कुट*पिट गरेको यही भिडियो अहिले सामाजिक संजालमा भाइरल बनाइएको छ ।भारतीय मिडिया दैनिकभास्करले भिडियाे रिपाेर्ट नै बनाएपछि उक्त भिडियाेले बढी चर्चा पाएकाे हाे । घट*नापछि भने युवकले आफू पीडित भएको भन्दै प्रहरीकहाँ युवतीसहित गाउँलेलाई उजुरी नै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...