पोखरा विमानस्थल पुग्दा योगेशले सम्झिए रविन्द्र



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि योगेश भट्टराईले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन गरेका छन् । बुधबार विहान विमानस्थल निर्माणको प्रगति बुझेपछि भट्टराईले स्वर्गीय रविन्द्र अधिकारीलाई सम्झिए ।

यो विमानस्थल निर्माणमा अधिकारीको नेतृत्वदायी भूमिका थियो र पर्यटनमन्त्री रहँदा १५ फागुनमा उनको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

रवीन्द्रलाई सम्झँदै भट्टराईले ठूला गौरवका आयोजना नेपालमा पनि समयभन्दा अगाडि नै सम्पन्न हुन्छ भन्ने सन्देश जान लागेको बताए ।

‘४५ प्रतिशत काम सकियो’

त्यसअघि निमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले मन्त्री भट्टराईलाई ४५ प्रतिशत काम सकिएको जानकारी गराए । धमाधम निर्माण कार्य भइरहेको र समयभन्दा ६ महिना अगाडि नै काम सम्पन्न हुने उनको दाबी छ ।

मन्त्री भट्टराईले पनि समय अगावै र्निमाण सकेर उदाहरण दिन निर्देशन दिए । नेपालमा ठूला आयोजनाहरु काम नभएर रोकिरहँदा नेपालमा कामै हुँदैन भन्ने सन्देश गएको भन्दै उनले त्यसलाई चिर्नुपर्ने बताए ।

‘विदेशीले पटकपटक यस्ता आयोजनामा प्रश्न उठाइराखेका छन् । लगानीकर्ताको उद्देश्य छिटो सकेर छिटो नाफा लिने हुन्छ,’ भट्टराईले भने, ‘यो आयोजना ६ महिनाअगाडि सम्पन्न गर्छौं । यसले सिंगो मुलुकलाई विश्वास दिलाउँछ ।’

‘जनशक्ति व्यवस्थापनको काम सुरु’

विमानस्थल निर्माणले गति दिएसँगै अन्तर्राष्ट्रिय उडान तथा अध्यागमनको जनशक्ति व्यवस्थाका लागि काम सुरु भइसकेको उनले बताए । ‘गौतमबुद्ध र पोखरा विमानस्थललाई ध्यान दिँदै कमिटी बनाउन लागेका छौं । त्यो कमिटीले विदेशका एयरलाइन्ससँग सम्पर्क, छलफल गर्ने काम गर्छ,’ मन्त्री भट्टराईले भने ।

पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवालादेखि जिल्ला तहका नेता, प्रदेश सांसद र प्रदेशका मन्त्रीहरुलाई डाकेर छलफल गरेका थिए । विमानस्थल निर्माणका समस्या र चुनौतिका विषयमा बुझेर कसरी समन्वयमा समयभन्दा अगाडि नै निर्माण सक्ने भनेर आफू लागेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले विमानस्थल निर्माणका कतिपय समस्या प्रदेशले समाधान गर्न सक्ने भएपनि समन्वयन नभएको बताए । विमानस्थलसँगै सडक निर्माणलाई पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।

स्थानीयबासीले भने मुआब्जा नपाएको, विमानस्थलकै कारण सिँचाइको समस्या भएको र पटक-पटक बिस्थापित हुनुपरेको गुनासो गरेका थिए ।

पर्यटनमन्त्री भट्टराईले भने ठूलो आयोजना निर्माण हुँदा केही कमजोरी भएको हुनसक्ने बताए । तर स्थानीय जनतालाई नांगेझार बनाएर आयोजना नबनाइने भन्दै उचित माग सम्बोधन गर्ने आश्वासन दिए ।

२१ अर्ब लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएमसीले ०७१ वैशाख २९ मा पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सम्झौतामा छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...