कोचिङ पढ्दापढ्दै बेहोस भएकी कमलाको मृत्यु, २ जनाको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

 

पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएको एसपी जीसीले जानकारी दिए ।

गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनाको ताहुमै उपचार भइरहेको छ ।

विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ । उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए ।

मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको जानकारी आएको र त्यसबारे अनुसन्धान भइरहेको एसपी जीसीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर देवराज पौडेलको नेतृत्वमा जिल्ला अस्पताल पाल्पाका डाक्टरहरुको टोली अनुसन्धानका लागि विद्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...