मन्त्रीकै गाडीमा ट्राफिक प्रहरीले लगायो ह्वील लक



हाम्रो इकोनोमि

 

ट्राफिक नियम मिचेपछि काठमाडौंको नयाँ बानेश्वरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाएर कार्वाही गरेको हो ।

घटना सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई जथाभावी पार्किङ गरेको भन्दै कारवाही गरेको हो । महानगरीय ट्राफिक प्रहरी मशाशाखाका प्रमुख एसएसपी बशन्त पन्तले मन्त्रीका चालक शीवराम थापालाई कारवाही गरेको बताउनुभयो । जथाभावी पार्किङ गरेकोमा चालकलाई एक हजार जरिवाना गर्ने व्यवस्था रहेको एसएसपी पन्तको भनाई छ । घटनासँगै नियम विपरित यातायात साधन पार्किङ गर्ने र नियम नमान्नेहरु जोकोही भएपनि ट्राफिक प्रहरीले नछाड्ने नीति लिएको पन्तले प्रष्ट पार्नुभयो ।

पैदलयात्रु हिड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेका थिए । तर उक्त समयमा मन्त्री भने गाडीमा नरहेको प्रहरीले जनाएको छ । ट्राफिक नियम मिचेको देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाएका थिए ।ट्राफिक प्रहरीको यस्तो कदमको सर्वसाधरणले खुलेर प्रशंसा गरेका छन । ट्राफिक प्रहरीले मन्त्रीको झण्डावाल गाडी चिन्दाचिन्दै पनि ह्वील लक लगाएका थिए । ‘सवैलाई नियम कानून बरावर हो भन्ने गतिलो प्रमाण हो यो,’ पैदलयात्रीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...