विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई भने विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन नर्गनुस



हाम्रो इकोनोमि

 

प्रधानमन्त्रीले सिंगापुरबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् । उनले विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, ‘शीघ्र स्वास्थलाभ गरी स्वदेश फर्कनोस्, जनताले दिएको म्यान्डेटबमोजिम पूरा अवधि सरकार चलाउनोस् तर विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनोस् !’

उनले सरकारमा कम्युनिस्ट पार्टी रहे पनि सरकार सबै नेपालीको रहेको स्पष्ट पारेका छन् । ‘कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउन कर्म गरे देशलाई त्यो पाच्य होला ?’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...