विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई भने विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन नर्गनुस



हाम्रो इकोनोमि

 

प्रधानमन्त्रीले सिंगापुरबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् । उनले विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, ‘शीघ्र स्वास्थलाभ गरी स्वदेश फर्कनोस्, जनताले दिएको म्यान्डेटबमोजिम पूरा अवधि सरकार चलाउनोस् तर विदेशबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनोस् !’

उनले सरकारमा कम्युनिस्ट पार्टी रहे पनि सरकार सबै नेपालीको रहेको स्पष्ट पारेका छन् । ‘कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद् र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउन कर्म गरे देशलाई त्यो पाच्य होला ?’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...