सावधान जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति



हाम्रो इकोनोमि

 

 

सहरु विभिन्न काम विशेषले यात्रा गरिरहेका हुन्छन् । कहिले पैदल यात्रा, त कहिले यातायातमा त्यतिमात्र नभएर मानिसहरु हवाई यात्रा पनि गरिरहेकै हुन्छन् । मानिसहरु यति व्यस्त बनिरहेका छन् जो जो फुर्सदमा नभई हतारमा यात्रा गरिरहेका हुन्छन् । यात्रा पैदलमा होस् यातायातमा चाहे हवाइमा किन नहोस् हामी जहिले सजक र सचेत रहनुपर्छ ।

हामी आज हवाई अर्थात् फ्लाइटमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा चर्चा गर्न गइरहेका छौं । हवाइमा यात्रा गर्ने समयमा तपाइको ड्रेसिंग प्राय कन्फरटेवल हुनुपर्छ । नत्र एकै स्थानमा बस्दा-बस्दै ब्लड सर्कुलेशन रोकिने खतरा हुने र बिभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ ।
ड्रेस मात्र नभई फुटवेयर र परफ्यूम हाल्ने कुरामा पनि सचेत हुनु जरुरी छ । सासले आज तपाई बिसेषगरि महिलाहरुलाई फाइदा पुग्ने कुराको जानकारी दिन गईरहेका छौं ।

१. तपाईलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो ।

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकि फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछीसम्म शारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसको कारण तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई-हिल्स नलगाउनुस । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।

६. फ्लाइटको समयमा सकेसम्म हावा आउ-जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । बिशेष गरि प्रेग्नेन्ट महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।

८. प्लेनमा पाईजामा नलगाउनुस, यो जति लगाउन सहज भएपनि यो घरकै लागि हो । यदी रातको समयको फ्लाईट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाईजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो ।

९. केहि मानिसहरु प्लेनमा मोजा फुकालेर बस्छन तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस । यसको कारण तपाइलाई अरुले घृणा गर्छन ।

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०-२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...