बाबुरामलाई भीम रावलले भने कति मानिस मारिएपछि सन्तुष्टि मिल्छ ?



हाम्रो इकोनोमि

 

टीकापुर घटना (२०७२ भदौ ७ गते भएको आन्दोलन) को विषयमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले आपत्ति जनाएका छन् ।

कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहट र थारुवान प्रदेशको माग गरी कैलालीका थरुहट समर्थकले गरेको आन्दोलनमा ०७२ भदौ ७ मा प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको ज्यान गएको थियो ।

अध्यक्ष बाबुरामले सो घटनालाई विद्रोहको संज्ञा दिएका थिए । शनिबार कैलालीको टीकापुरमा आयोजित थारुवान राष्ट्रिय सम्मेलनमा  अध्यक्ष भट्टराईले  टीकापुर घटनालाई ‘थारु विद्रोह’ भनेका थिए ।

नेकपाको सुदुरपश्चिम इन्चार्जसमेत रहेका रावलले सोमबार ट्विट गर्दै कति मान्छे मारिएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् भनेर प्रश्न गरेका छन् ।

उनले लेखेको छन्, ‘भदौ ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनेँ । उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षड्यन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !’

भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें ।उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार ।कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !

नेता रावल अखण्ड सुदूरपश्चिमको बलियो पक्षधर हुन । उनकै जोडबलमा अखण्ड सुदूरपश्चिम भएको धेरैको बुझाइ छ ।

 

टीकारपुरमा बाबुरामको भाषण यस्तो थियो

टीकापुरको घटना एउटा विद्रोह थियो । विद्रोह कहिले पनि नापेतौले जस्तो हुँदैन । भदौ ७ गते पनि त्यही भयो । नापे तौले जस्तो भएन । आफ्नो बाटो लियो ।

आफ्नो अधिकारका निम्ति आवाज उठाउने थारुहरुको विद्रोह चाहिँ विद्रोह नहुने, तपाईँको झापा आन्दोलन मात्र विद्रोह हुने ? तपाईंको मुद्दा फिर्ता, यिनीहरुको मुद्दा चाहिँ फिर्ता नहुने ?

अरुको विद्रोह चाहिँ राजनीतिक मुद्दा होइन ? विभेदमा परेका मानिसहरु चुप लागेर बस्नु मसानघाटको शान्ति हुन्छ, त्यो हामीले चाहेको होइन ।

हामीलाई सचेत शान्ति चाहिएको छ । टीकापुरमा भदौ ८ गते राज्यको मिलेमतोमा लुटपाट र महिलाको अस्मिता लुटिएको छ । रेशम चौधरी र साथीहरुलाई ७ गतेको काण्डमा कारबाही भयो । भदौ ८ गते लुटपाट, बलात्कार गर्नेहरुलाई के कारबाही भयो ?

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...