नेकपाका नेतालाई सार्वजनिक ठाउँमा गाली गर्न नपाउने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने भएका छन्।

सोमबार बसेको नेकपा सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरेको हो।

बैठकपछिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यदि कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

गत बिहीबार बसेको नेकपा सचिवालय बैठकका केन्द्रीय सदस्य एवम् प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले सचिवालय सदस्य माधव नेपालको विरूद्धमा लेखेको फेसबुक स्ट्याटस र बुधबार साप्तहिकले छापेको समाचारबारे ओली र नेपालबीच चर्काचर्की भएको थियो।

त्यसअघि पनि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै बाझाबाझ गर्दै आएका थिए।

नेकपाको आजको सो बैठकपछि अब उनीहरुले सार्वजनिक ठाउँमा पार्टीभित्रका नेता र कार्यकर्तालाई आरोप प्रत्यारोप गर्न पाउनेछैनन।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...