प्रधानमन्त्रीले गरे सिंगापुरबाटै भिडियो कन्फेरन्सबाट मन्त्रीपरिषदको बैठक



हाम्रो इकोनोमि

 

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भिडियो कन्फेरेन्सबाट मन्त्रीपरिषदको बैठकमा सामेल हुने भएका छन् । मन्त्रीपरिषदको बैठक सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्दैछ । ‘प्रधानमन्त्रीज्यू भिडियो कन्फेरेन्सबाट बैठकमा सहभागी हुनुहुनेछ’ संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने ‘सिंहदरवारमा हामी सवै मन्त्रीहरु सहभागी हुने प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फेरेन्स रहनेगरी बैठक बस्न लागेको छ ।’

प्रधानमन्त्री ओली देशमा नभएपनि मन्त्रीपरिषदको बैठक भने रोकिने छैन । ओलीले अस्पतालबाटै भिडियो कन्फेरेन्सको माध्यमले बैठकमा सहभागीता जनाउने भएका छन् । कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बैठक बसेपनि प्रधानमन्त्री भने डिजिटलरुपमा सहभागी हुने भएका छन् । भिडियो कन्फेरेन्सका लागि प्रधानमन्त्री कार्यालयमा बिशेष कक्षका निर्माण गरिएको छ । देशका ठुला आयोजनाको रेखदेख गर्न बिशेष कक्ष निर्माण गरिएको थियो । कतिपय बेला प्रधानमन्त्री ओलीले यही भिडियो कन्फेरेन्सबाट प्रदेशका मुख्यमन्त्रीहरुसँग सम्वाद पनि गर्दै आएका थिए ।

आजको बैठकमा कार्यबहाक प्रधानमन्त्री पोखरेलले मन्त्रीपरिषदमा एजेण्डा राख्नेछन् । एजेण्डाको निर्णय ओलीले अस्पतालको बेडबाटै गर्ने गरी भिडियो कन्फेरेन्सको तयारी गरिएको हो । प्रधानमन्त्री ओलीको सिंगापुर नेशनलल युनिभर्सिटी हस्पीटलमा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारदेखि शुरु भएको छ । उपचारकै क्रममा प्रधानमन्त्री मन्त्रीपरिषदको बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...