प्रधानमन्त्रीले गरे सिंगापुरबाटै भिडियो कन्फेरन्सबाट मन्त्रीपरिषदको बैठक



हाम्रो इकोनोमि

 

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भिडियो कन्फेरेन्सबाट मन्त्रीपरिषदको बैठकमा सामेल हुने भएका छन् । मन्त्रीपरिषदको बैठक सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्दैछ । ‘प्रधानमन्त्रीज्यू भिडियो कन्फेरेन्सबाट बैठकमा सहभागी हुनुहुनेछ’ संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने ‘सिंहदरवारमा हामी सवै मन्त्रीहरु सहभागी हुने प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फेरेन्स रहनेगरी बैठक बस्न लागेको छ ।’

प्रधानमन्त्री ओली देशमा नभएपनि मन्त्रीपरिषदको बैठक भने रोकिने छैन । ओलीले अस्पतालबाटै भिडियो कन्फेरेन्सको माध्यमले बैठकमा सहभागीता जनाउने भएका छन् । कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बैठक बसेपनि प्रधानमन्त्री भने डिजिटलरुपमा सहभागी हुने भएका छन् । भिडियो कन्फेरेन्सका लागि प्रधानमन्त्री कार्यालयमा बिशेष कक्षका निर्माण गरिएको छ । देशका ठुला आयोजनाको रेखदेख गर्न बिशेष कक्ष निर्माण गरिएको थियो । कतिपय बेला प्रधानमन्त्री ओलीले यही भिडियो कन्फेरेन्सबाट प्रदेशका मुख्यमन्त्रीहरुसँग सम्वाद पनि गर्दै आएका थिए ।

आजको बैठकमा कार्यबहाक प्रधानमन्त्री पोखरेलले मन्त्रीपरिषदमा एजेण्डा राख्नेछन् । एजेण्डाको निर्णय ओलीले अस्पतालको बेडबाटै गर्ने गरी भिडियो कन्फेरेन्सको तयारी गरिएको हो । प्रधानमन्त्री ओलीको सिंगापुर नेशनलल युनिभर्सिटी हस्पीटलमा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारदेखि शुरु भएको छ । उपचारकै क्रममा प्रधानमन्त्री मन्त्रीपरिषदको बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...