राष्ट्रपति–प्रचण्ड भेट, यस्तो छ मुख्य कारण



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् । नेकपाका नेताको कार्यविभाजनका विषयमा चासो दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सरकारको कामका विषयमा पनि कुराकानी भएको शितलनिवास स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आइतबारदेखि नै सुरु भएको स्वास्थ्य उपचारका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले सतहमा आएको प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीचको समस्याका बारेमा पनि प्रचण्डसँग चासो राखेकी थिइन् । यसअघि प्रचण्डले नीजि निवास खुमलटारमा नेता नेपालसँग सोही विषयमा कुराकानी गरेका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्पर्क गरेरै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता पनि गरेका थिए । राष्ट्रपति–प्रचण्डबीच अन्य विविध विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...