सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार सुरु, स्वास्थ्य अवस्था सामान्य



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिइन् । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ ।

चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन । चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन ।

मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...