एनआरएन अध्यक्ष भवन भट्टले मापसे गरेपछि जहाजबाट बाहिर निकालिए



हाम्रो इकोनोमि

 

मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर जान लागेका थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् ।

यो कुराको पुष्टि न्यौपाने आफैंले गरेका छन् । उनले फेसबुकमार्फत अडियो लाइभ गर्दै भनेका छन्, ‘एयरलाइन्समा बोर्ड गरिसकेपछि, सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यू भन्यो ।’

यो कुरा सार्वजनिक भएपछि न्यौपानेले फेसबुक लाइभमार्फत घटनाक्रमबारे सविस्तार जानकारी दिएका छन् । न्यौपानेका अनुसार भट्ट र उनी त्यो दिन सँगै थिए । उनीहरु बिजनेस मिटिङहरुमा सहभागी थिए । त्यसैक्रममा मदिरा सेवन गरेको उनले स्वीकारेका छन् ।

‘हामी बिजनेस मिटिङमा थियौं, बिजनेस मिटिङमा कुन लेभलको अल्कोहल कन्जम्सन हुन्छ भन्ने कुरा हामी सबै जगजाहेरै छौं । यसमा त्यस्तो केही पनि हुँदैन भन्ने कुरालाई इगनोर पनि नगरौं,’ न्यौपानेले भनेका छन्, ‘तर, उहाँले (भवन भट्टले) मैले प्रधानमन्त्रीलाई भेट्नु छ आज म अल्कोहल त्यति लिन्नँ भन्नुभा’थ्यो ।’

प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर आफूहरुले सिल्क एयरको टिकट लिएको उनी बताउँछन् ।

 

न्यौपानेका अनुसार इमिग्रेसन पास भइसकेपछि प्रि बोर्डिङबाट अगाडि बढ्ने क्रममा सेक्युरिटीले पनि सुरुमा उनीहरुलाई रोकेको थियो । तर, पछि फेरि ‘हाम्रो गल्ती भयो’ भनेर सेक्युरिटीले त्यहाँबाट पनि जान दिएपछि प्लेनमा गएर बसेको उनको भनाइ छ । प्लेनको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको आरोप छ । यो घटनाबाट आफू लज्जित भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...