नेपालबाट कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्ने समय आयो : सभापति देउवा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले देशव्यापी अभियानमा निस्केको छ । सभापति शेरबहादुर देउवाले देश ‘कम्युनिस्ट स्टेट’ (कम्युनिस्ट शासन व्यवस्था) तिर अघि बढेको बताउनु भएको छ ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रा, प्रेस स्वतन्त्रता, राजनीतिक अधिकारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामाथि धावा बोल्दै सरकारले साम्राज्यवादी शैली अंगिकार गरेको उहाँको आरोप छ ।

सुर्खेतमा हिजो आयोजित पार्टीको प्रादेशिक प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘जताततै डर–त्रास छ, पत्रकारले समेत स्वतन्त्रपूर्वक लेख्न पाउने अवस्था छैन ।

अरू त अरू, मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप भएको छ । अब कहाँ रह्यो लोकतन्त्र ?’ सरकारको कार्यशैलीले देशमा खतराको संकेत देखिएको उहाँले आशंका व्यक्त गर्नुभयो ।

सभापति देउवाले यस्तै अवस्थाबाट देश अघि बढे कांग्रेसले पूर्ण लोकतन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्ने उललेख गर्नुभयो । २००७ सालयताका हरेक आन्दोलन पूर्ण लोकतन्त्रका लागि भए पनि त्यसअनुरूप जनताले प्रत्याभूति गर्न नपाएको उहाँको दाबी छ ।

पूर्ण लोकतन्त्रका लागि संघीय गणतन्त्र ल्याए पनि सरकारले संघीयता र गणतन्त्रमाथि नै धावा बोलिरहेको आरोप उहाँको छ । उहाँले अब नेपालबाट कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्ने समय आएको भन्दै अन्तिम लडाइँका लागि तयार रहन सबैलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...