नेपालबाट कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्ने समय आयो : सभापति देउवा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले देशव्यापी अभियानमा निस्केको छ । सभापति शेरबहादुर देउवाले देश ‘कम्युनिस्ट स्टेट’ (कम्युनिस्ट शासन व्यवस्था) तिर अघि बढेको बताउनु भएको छ ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रा, प्रेस स्वतन्त्रता, राजनीतिक अधिकारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामाथि धावा बोल्दै सरकारले साम्राज्यवादी शैली अंगिकार गरेको उहाँको आरोप छ ।

सुर्खेतमा हिजो आयोजित पार्टीको प्रादेशिक प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘जताततै डर–त्रास छ, पत्रकारले समेत स्वतन्त्रपूर्वक लेख्न पाउने अवस्था छैन ।

अरू त अरू, मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप भएको छ । अब कहाँ रह्यो लोकतन्त्र ?’ सरकारको कार्यशैलीले देशमा खतराको संकेत देखिएको उहाँले आशंका व्यक्त गर्नुभयो ।

सभापति देउवाले यस्तै अवस्थाबाट देश अघि बढे कांग्रेसले पूर्ण लोकतन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्ने उललेख गर्नुभयो । २००७ सालयताका हरेक आन्दोलन पूर्ण लोकतन्त्रका लागि भए पनि त्यसअनुरूप जनताले प्रत्याभूति गर्न नपाएको उहाँको दाबी छ ।

पूर्ण लोकतन्त्रका लागि संघीय गणतन्त्र ल्याए पनि सरकारले संघीयता र गणतन्त्रमाथि नै धावा बोलिरहेको आरोप उहाँको छ । उहाँले अब नेपालबाट कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्ने समय आएको भन्दै अन्तिम लडाइँका लागि तयार रहन सबैलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...