किन भइरहेको छ राजसंस्थाको चर्चा ?



हाम्रो इकोनोमि

 

राजसंस्थाका विषयमा बेलाबेला कुरा उठ्ने गरेको छ । मुलुकमा राजसंस्था आउनेभन्दा पनि राजनीतिक दलका केही नेताहरूलाई मनको बाघले खाएको छ ।

राजसंस्था ब्युतिने वा आउने सम्भावना तत्काल छैन । तर, नेताहरूले बेलाबेला राजसंस्थाका बारेमा कठोर अभिव्यक्ति दिएर हलचल ल्याइदिने गरेका छन् ।

केही दिन अगाडि प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली, नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजसंस्था ब्युतिन नसक्ने बताए । उनीहरूको अभिव्यक्तिले एक किसिमको तरंग उत्पन्न गरिदियो ।

तर, राजसंस्थालाई मन पराउनेहरू ती अभिव्यक्तिबाट रिसाए । उनीहरूले राजसंस्थाका विरुद्ध नबोल्न चेतावनी समेत दिएका छन् । राजनीतिक दलका नेताहरूले बेला नकुबेला राजसंस्थाको विरोध गरेर किन अभिव्यक्ति दिँदा विभिन्न आशंकाहरू पनि हुने गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना गतिविधि गर्ने स्वतन्त्रता छ । संविधानभित्र रहेर उनले आफ्ना कार्यलाई जारी राख्न सक्छन् । उनका गतिविधिबाट डराउनु पर्ने अवस्था छैन ।

तर, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले राजसंस्था ब्युतिन सक्ने बताउँछन् । ‘गणतन्त्र आउन सक्छ भने राजसंस्था पनि ब्युतिन सक्छ’, उनले भने, ‘हिन्दू राष्ट्रको कुरा पनि पूरा हुन्छ । हामीले राजसंस्था ल्याउँछौँ ।’

पूर्वराजा शाह र राजसंस्थालाई गाली गरेकोमा महामन्त्री लिङ्देनले आपत्ति जनाएका छन् । एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा लिङ्देनले नेकपा र नेपाली कांग्रेसका नेताहरूबाट आएका राजसंस्था र पूर्वराजा ज्ञानेन्द्र शाह विरोधी अभिव्यक्तिको आलोचना गरेका छन् ।

नेकपाका अध्यक्ष दाहालले दिएको पूर्वराजा शाह विरोधी अभिव्यक्तिको महामन्त्री लिङ्देनले विरोध जनाएका छन् । उनले भने, ‘पूर्वराजालाई नागार्जुनबाट हटाउने भनेर अभिव्यक्ति दिइएको छ । नेकपाको दुईतिहाइको बहुमत छ । हटाएर देखाए भइहाल्यो नि । हामी पनि हेरौँला ।’

दिल्लीमा भएको १२ बुँदे सहमतिपछि देश संकटमा परेको उनले बताए । महामन्त्री लिङ्देनले दोस्रो जनआन्दोलनमा नउठेको कुरा गरिएको समेत बताएका छन् ।

नेताहरूले राजसंस्थाको चर्चाका साथै विरोध गरेपनि डराइ हाल्नुपर्ने अवस्था छैन । नेताहरूले विषयवस्तुलाई डाइभर्ट गर्नका लागि राजसंस्थाको चर्चा गर्ने गरेको आरोप पनि लाग्र्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...