भीटेन र शिल्पा मास्के प्रेममा ?



हाम्रो इकोनोमि

 

टेनका नामबाट चर्चित र्‍यापर समीर घिसिङले नायिका शिल्पा मास्केसँगको एक तस्वीर शेयर गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् ।पछिल्लो समय ‘यस्तै त हो नि ब्रो’ बजारमा ल्याएर चर्चा कमाएका भीटेनले शेयर गरेको तस्वीरमा फ्यानले माया दर्शाउँदै कमेन्ट गरेका छन् ।

बेलाबेलामा समीर र शिल्पा प्रेममा भएको चर्चा चल्ने गरे पनि यस बारेमा उनीहरुले मुख खोलेका छैनन् । शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’ को प्रिमियरमा पनि भीटेन पुगेका थिए । भीटेन र शिल्पा मास्के प्रिमियरका क्रममा पनि एकसाथ देखिएका थिए ।समीरले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा एक फ्यानले लेखेकी छिन्, ‘उनी तपाईंभन्दा बूढी देखिन्छिन् ।’यस्तै एक प्रयोगकर्ताले कमेन्ट गरेकी छिन्, ‘डाहा त लाग्यो तर जोडी सुहाएको छ है !’ अर्का एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जोडी सुहाएको छ ।’समीरका पछिल्लो समय फ्यान फलोइङ बढ्दै गइरहेका छन् । शिल्पाले अभिनय गरेका फिल्मले पछिल्लो समय खासै चर्चा कमाउन नसके पनि उनी अहिलेकी चर्चित नायिकामध्ये एक नायिका हुन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...