दाहाल र नेपालले किन भेटेनन् जयशंकरलाई



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री सुब्रमण्वम जयशंकरलाई भेट्न अस्वीकार गरिदिएका छन् ।

भारतीय विदेश सचिव जयशंकरले पूर्वप्रधानमन्त्रीहरूलाई भेट्न निम्तो पठाएका थिए । भारतीय विदेशमन्त्री जयशंकरलाई होटेलमा गएर कुटनीतिक मर्यादा विपरित हुनेभन्दै निवासमै आएर भेट्न दाहाल र नेपालले सन्देश पठाएका थिए ।

दाहाल र नेपालको सो आग्रहलाई भारतीय विदेश सचिव जयशंकरले पनि मानेनन् । विदेशमन्त्री जयशंकरले आफू बसेको होटेलमा दिनभरि भेटवार्ताहरू गरी बिहीबार स्वदेश फर्किएका छन् ।

भारतीय विदेश सचिव जयशंकरलाई पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले होटेलमै गएर भेटेका थिए ।

नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको नेताको हैसियतले सभापति देउवाले भारतीय विदेशमन्त्री जयशंकरलाई होटेलमै गएर भेटेको प्रतिक्रिया दिएको छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि विदेशमन्त्री जयशंकरलाई भेटेका छन् । डा.भट्टराईसँगै उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि जयशंकरलाई होटेलमा भेटेका छन् ।

देउवा र भट्टराईले आफ्नो पदीय मर्यादा विपरित भारतीय विदेशमन्त्रीलाई होटेलमै पुगेर भेटेको भन्दै आलोचना भएको छ । यसअघि, भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई अलग अलग भेटेका थिए । प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरका बीच एक्लाएक्लै वार्ता समेत भएको थियो । सो विषयको आलोचना पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...