नेकपा सचिवालयको बैठक बालुवाटारमा शुरु



हाम्रो इकोनोमि

 

संगठन एकताको सम्पूर्ण काम सक्नेगरी नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि संगठन एकताको सम्पूर्ण काम सक्नेगरी बैठक शुरु भएको छ ।

नेकपामा आयोग र प्रवास कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । विहीबारको बैठकले ६ आयोग र प्रवास कमिटीको टुंगो लगाउने भएको छ । अनुशासन, निर्वाचन, लेखा आयोगमा दुवै पूर्वदल एमाले र माओवादी दुवैले दावी गरेका छन् । प्रवास कमिटीमा भने लगभग सहमति भइसकेको छ ।

आयोग र प्रवास कमिटीको टुंगो लगाउन दुई दिनदेखि बैठकको मिति निर्धारण गरिएको थियो । तर गृहकार्य नपुगेको भन्दै स्थगित हुँद आएको थियो । विहीवारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पोलिटब्यूरो गठनको प्रस्ताव पनि औपचारिक रुपमा राख्ने भएका छन् । दुई दिनअघि नेपालले ७ बुँदे नोट अफ डिसेन्ट पनि राखेका थिए । नोट अफ डिसेन्टमा पनि नेपालले पोलिटब्यूरो गठनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...