नेकपा सचिवालयको बैठक बालुवाटारमा शुरु



हाम्रो इकोनोमि

 

संगठन एकताको सम्पूर्ण काम सक्नेगरी नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि संगठन एकताको सम्पूर्ण काम सक्नेगरी बैठक शुरु भएको छ ।

नेकपामा आयोग र प्रवास कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । विहीबारको बैठकले ६ आयोग र प्रवास कमिटीको टुंगो लगाउने भएको छ । अनुशासन, निर्वाचन, लेखा आयोगमा दुवै पूर्वदल एमाले र माओवादी दुवैले दावी गरेका छन् । प्रवास कमिटीमा भने लगभग सहमति भइसकेको छ ।

आयोग र प्रवास कमिटीको टुंगो लगाउन दुई दिनदेखि बैठकको मिति निर्धारण गरिएको थियो । तर गृहकार्य नपुगेको भन्दै स्थगित हुँद आएको थियो । विहीवारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पोलिटब्यूरो गठनको प्रस्ताव पनि औपचारिक रुपमा राख्ने भएका छन् । दुई दिनअघि नेपालले ७ बुँदे नोट अफ डिसेन्ट पनि राखेका थिए । नोट अफ डिसेन्टमा पनि नेपालले पोलिटब्यूरो गठनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...