भारतीय विदेशमन्त्री एस. जयशंकरले गरे पशुपतिमा पूजा



हाम्रो इकोनोमि

 

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका छन् ।

पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिनाथको दर्शन गरेका थिए । उनले झण्डै आधा घण्टा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । त्यसपछि डा. ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए ।

जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र डेपुटी चिफ अफ मिसन डा. अजय कुमार पनि पशुपति मन्दिर गएका थिए । कोषको तर्फबाट सदस्यसचिव डा. ढकाल, कोषाध्यक्ष डा. मिलन थापालगायत पदाधिकारी थिए ।

कोषका पदाधिकारीहरुसँग कुरा गर्दै जयशंकरले पशुपतिमा धेरै सुधार भएको बताएका थिए । सदस्य सचिव डा. ढकालले भने, ‘हामीसँग सामान्य कुरा भयो, उहाँले (जयशंकर)ले पशुपति क्षेत्र पहिलेभन्दा धेरै राम्रो सुधार भएछ भन्नुभयो ।’

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले केहीबेरपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेट्ने र दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । उनले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...