बलिउड अभिनेत्री सनी लियोनी काठमाडौं आउँदै



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् । अभिनेत्री लियोनीको आइटम डान्स भएको फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन् । अभिनेत्री सनीले भिडियो सन्देश बनाउँदै आफू नेपाल आउँदै गरेको जानकारी गराएकी हुन् ।

 

‘पासवर्ड’ फिल्मको निर्माण पक्षले आगामी ११ सेप्टेम्बरका दिन काठमाडौंमा ग्राण्ड प्रिमियरको आयोजना गरेको छ । भिडियो सन्देशमा अभिनेत्री सनीले फिल्मको ‘प्रोमोशनल इभेन्ट एण्ड प्रिमियर’का लागि नेपाल आउन लागेकी जानकारी गराएकी छन् । साथै सनीले फिल्म ‘पासवर्ड’को सफलता शुभकामना समेत दिएकी छन् ।

 

१३ सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगाएतको मुख्य भूमिका रहेको छ । फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्, भने सम्राट बस्नेतको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...