संविधान दिवसमा घरघरमा दीपावली होस् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् ।

दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक पोलमा झण्डा होस्, हरेक घरले दीपावली मनाओस् । यो खुसीको चाड हो ।’

बिजुली नपुगेका ठाउँमा पनि हामी उहिलेदेखि दीपावली गरी आएका हौं पानस/दीयोमा बत्ती बालेर । बिजुली नपुगे पनि लस्करै दियो बाल्दा रमाइलो हुन्छ ।’ प्रधानमन्त्री ओलीले आफू उपचारका बिहीबार सिंगापुर जान लागेको र संविधान दिवस अगाडि नै फर्किने जानकारी दिए ।

३ असोज २०७२ मा संविधान जारी भएको थियो । यो दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ बैठकमा दिवसको अवसरमा गरिने कार्यक्रमको खाका प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री ओलीले प्रस्तावित कार्यक्रमलाई अझै परिष्कृत बनाउन निर्देशन दिए । ओलीले भने, ‘भव्य तयारी गर्न र कसरी भव्यताका पक्षहरुलाई बढाउन सकिन्छ, व्यापकताका पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ, यसमा सोच्न र यस प्रस्तावित कार्यक्रमलाई अझ परिमार्जित, परिष्कृत गर्न म आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...