संविधान दिवसमा घरघरमा दीपावली होस् : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् ।

दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक पोलमा झण्डा होस्, हरेक घरले दीपावली मनाओस् । यो खुसीको चाड हो ।’

बिजुली नपुगेका ठाउँमा पनि हामी उहिलेदेखि दीपावली गरी आएका हौं पानस/दीयोमा बत्ती बालेर । बिजुली नपुगे पनि लस्करै दियो बाल्दा रमाइलो हुन्छ ।’ प्रधानमन्त्री ओलीले आफू उपचारका बिहीबार सिंगापुर जान लागेको र संविधान दिवस अगाडि नै फर्किने जानकारी दिए ।

३ असोज २०७२ मा संविधान जारी भएको थियो । यो दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ बैठकमा दिवसको अवसरमा गरिने कार्यक्रमको खाका प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री ओलीले प्रस्तावित कार्यक्रमलाई अझै परिष्कृत बनाउन निर्देशन दिए । ओलीले भने, ‘भव्य तयारी गर्न र कसरी भव्यताका पक्षहरुलाई बढाउन सकिन्छ, व्यापकताका पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ, यसमा सोच्न र यस प्रस्तावित कार्यक्रमलाई अझ परिमार्जित, परिष्कृत गर्न म आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...