विदेशी डलर खाएर रवि लामिछानेका पक्षमा प्रदर्शन भइरहेको छ : सांसद विक



हाम्रो इकोनोमि

 

अहिले चर्चामा रहेको पत्रकार शालिकराम पुडासैनीको जीवनत्यागपछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको शंका गर्न थालिएको छ ।

यो बीचमा एकजना सांसदले अर्को गम्भीर खुलासा गरेका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खेमकुमार विकले रविको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका नाममा देशमा हिं’सा भड्काउन खोजिएको आरोप लगाए ।

उनले भने, ‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा भइरहेको छ । जसमार्फत् हिं’सा भड्काउने कोशिश हुँदैछ । हिजै पनि काठमाडौँको माइतीघरबाट निस्केको जुलुसमा शंकास्पद पदार्थ (पेट्रोल) भरिएका वियरका बोत्तल बोकेर हिँडेको देखेँ ।

त्यसपछि मैले तत्कालै प्रहरीलाई खबर गरेँ । त्यसपछि सम्भावित हिं’सात्मक घटना टर्यो ।’ राज्यले कानुनको सहायताले सबै नागरिकलाई छानबिन गर्न पाउने तर्क उनको छ ।

जिउ धनको सुरक्षा गर्ने काम पनि राज्यको भएको भन्दै उनले भने, ‘राज्यले जोसुकै नागरिकलाई पनि कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउँछ ।

यसमा किन विरोध ? के का लागि विरोध ?’ सरकाले कानुन कार्यान्वयन गर्न लाग्दा कम्युनिष्टको विरोध गर्दै वर्तमान प्रधानमन्त्रीको पुत्ला दहनसम्म भएको उनले स्मरण गरेका छन् ।

रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति लागेको छ भन्ने प्रश्न आफैं गर्दै जवाफमा आफैंले डलर खाएर आन्दोलन भइरहेको दावा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...