ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुने अख्तियार प्रमुखको दावी



हाम्रो इकोनोमि

 

लामो समय देखि भ्रष्ट्राचारका कारण बर्बाद हुँदै गइरहेको नेपालमा अहिले पनि न्युनीकरण हुने संकेत देखिएको छैन । यो बीचमा भ्रष्ट्राचार नियन्त्रणका लागि काम गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले सक्रिय बन्न थालेको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने दावा गर्नुभएको छ । उहाँले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुने बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उहाँले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । यस भन्दा पहिले आयोगमाथि साना माछा समात्ने तर ठुला माछा छोड्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...