म अझै १५ वर्ष बाँच्ने मात्र हैन स्वस्थ रहेर देशको सेवा गर्छु : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर प्रधानमन्त्री आफैंले आफू अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु ।

म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ ।’ आफू भोलि सिंगापुर जान लागेको बताउँदै ओलीले चिन्ता लिनुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म भोलि सिंगापुर जाँदैछु । केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ ।

अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’ गत साउन १८ गते सिंगापुर जानु भएका प्रधानमन्त्री झण्डै ९ दिन सिंगापुर बसेर आउँनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...