म अझै १५ वर्ष बाँच्ने मात्र हैन स्वस्थ रहेर देशको सेवा गर्छु : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर प्रधानमन्त्री आफैंले आफू अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु ।

म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ ।’ आफू भोलि सिंगापुर जान लागेको बताउँदै ओलीले चिन्ता लिनुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म भोलि सिंगापुर जाँदैछु । केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ ।

अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’ गत साउन १८ गते सिंगापुर जानु भएका प्रधानमन्त्री झण्डै ९ दिन सिंगापुर बसेर आउँनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...