भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै



हाम्रो इकोनोमि

 

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन् । उनी मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठक आज र भाोलि बिहीबार बस्दै छ । तर, उनले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ । त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँग भोलि बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ ।

नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि जयशंकरको यो पहिलो नेपाल भ्रमण हो । यसअघि उनी विदेश सचिव हुँदा नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...