सार्वजनिक भयो अस्मिता कार्कीको बयान, के भनिन् उनले ? पुरा पढ्नुहोस्



हाम्रो इकोनोमि

 

प्रहरीले पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु प्र*क*र*ण अनुसन्धानका निय*न्त्र*णमा लिइएका रवि लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेलमध्ये दुई जनासँग आज बयान लिएको छ ।

गत ३० साउन २०७६ मा काठमाडौंबाट निय*न्त्र*णमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग प्रहरीले आज बयान लिएको हो ।

प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ । प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दु र्घ टनामा मृ त्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन् । फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन् ।

‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो । त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं ।’

युवती र सिधा कुरा जनतासँगबीच छलफल भएको बिषय समेत अस्मिताले बयानमा उल्लेख गरेकी छिन् ।

कंडेलले बयानमा के भने भन्ने बारेमा भने प्रहरीले अहिले नै बताउन नचाहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...