रवि लामिछानेसहित तीन जनालाई ५ दिनको म्याद थप



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहनको मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धान गर्न ५ दिनको म्याद थपेको छ ।

आगामी शनिबारसम्म अनुसन्धान गर्नका लागि हिरासतमा राख्न अदालतले आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले भने अनुसन्धानका निम्ति १० दिनको समय माग गरेको थियो ।

यसअघि ५ दिनका अनुसन्धान गरेको प्रहरीले पुडासैनी आत्महत्या प्रकरणमा थप फेला परेका प्रमाणसहित लामिछाने, कँडेल र कार्कीसँग लिएको बयानलाई अदालतमा पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...