मनकामना केवलकारको भाडा बढ्यो



हाम्रो इकोनोमि

 

 

गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो ।

यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।

एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्‍याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।

स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।

‘दुई स्थानीय तहलाई बिक्री भएको टिकट मूल्यको १/१ प्रतिशत कर बुझाउनुपर्ने भयो फेरि कर्मचारीको तलब पनि २० प्रतिशतले वृद्धि गरेका छौं, त्यसैले भाडा बढाएका हौ,’ उनले भने ।

स्थानीय तह असन्तुष्ट

केवलुकारको भाडा बढेकामा स्थानीय तहले भने असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय सरकार गठन हुनुअघि कम्पनीले गोरखा र चितवनको साविक जिल्ला विकास समितिलाई कर तिर्दै आएको थियो । अहिले सो कर स्थानीय तहलाई तिर्नुपर्ने भएकाले भाडा बढाउनु आवश्यक नभएको शहीद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

‘संघीयताअघि पनि केवलकारले चितवन र गोरखाको जिल्ला विकास समितिलाई १/१ प्रतिशत कर बुझाउनैपथ्र्याे,’ उनले भने, ‘त्यही कर अहिले स्थानीय तहमा बुझाउने हो, अनि किन भाडा बढाउनुपर्‍यो ?’

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले केवलकारले अघिल्लो वर्ष कर नतिरेको र यस वर्ष कर तिर्न भन्दै भाडा बढाउनु उचित नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...