पूर्वयुवराज पारस शाहले आफुलाई धकेलेपछि यस्तो भन्छन् प्रहरी नायब निरीक्षक खत्री



हाम्रो इकोनोमि

 

अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण सेलाउन नपाउँदै पूर्वयुवराज पारस शाहले विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भइरहेको छ । महानगरीय प्रहरी परिसरका अनुसार शाहले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार गरेपछि बबाल भएको हो ।

थाई एयरको जहाजबाट थाइल्यान्ड हिँडेकी आमा कोमललाई विदा गर्न विमानस्थल पुगेका पारसले छोरा हृदयेन्द्र र भान्जालाई प्रहरीले बाटो रोकेको भन्दै प्रहरीलाई धकेलेका थिए । पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो दिउँसो १ बजेतिरको घटना थियो जहाँ शाह सरासर आएर सई खत्रीलाई धकेलेका थिए ।

यता जसलाई धकलेको भनिएको थियो उहाँले यो घटना सामानय भएको जनाउनु भएको छ । खत्रीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘उहाँ विदाइको लागि आउनुभएको रहेछ, भीडभाड बढी थियो, त्यहीबेला मलाई धकेल्नुभयो । भीडभाडका कारण किन धकेल्नुभयो भन्ने सोधीखोजी गर्ने अवस्था थिएन ।’ महानगरीय प्रहरी परिसरका अनुसार त्यस्तो घटनाको रिपोर्ट आएको छैन ।

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...