आजदेखी होहल्ला गर्ने कसैलाई पनि नछाड्ने चितवन प्रशासनको चेतावनी



हाम्रो इकोनोमि

 

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने बताएका छन् ।दिनदिनै प्रहरी कार्यालय अगाडि प्रदर्शन हुन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले आजदेखी होहल्ला गर्ने जोकोहीलाई नियन्त्रणमा लिने बताए । सहायक प्रमुख जिल्ला अधिकारी पन्तले दुई दिने केही खुकुलो पारे पनि आजदेखी सुरक्षामा कडाइ गरिने बताए । सहायक प्रजिअ पन्तले भने–‘दुई दिनसम्म घटना बुझ्छन् भनेर केही खुकुलो पारेका थियौं, आजदेखी पुरा कडाई गछौं ।

उनले जिल्लालाई अशान्त बनाउनेलाई नछोडिने बताए । उनले भने–‘आजदेखी होहल्ला गर्ने जो कोही होउन, सबैलाई नियन्त्रणमा लिएर कारवाही गछौं ।’उनले शान्तिपूर्ण आन्दोलनलाई सामान्य रुपमा लिने जथाभावी नाराबाजी गर्नेलाई नियन्त्रणमा लिइने बताए।पत्र कार शालिकराम पुडासैनीको आ*त्मह*त्याको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीले न्यू २४ टिभीका ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई बिहीबार राती पक्राउ गरेको थियो । शुक्रबार लामिछाने, कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...