ओलीसँग प्रचण्डले गरे आत्मसमर्पण



हाम्रो इकोनोमि

 

आइतवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच चर्काचर्की भएको छ । बैठकमा नेपालले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न ओलीलाई आग्रह गरेका थिए । ओलीलाई अध्यक्ष पद छोडेर प्रधानमन्त्री मात्र बन्न प्रस्ताव गरेका थिए । तर नेपालको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएनन् ।

 

सार्वजनिक कार्यक्रममा दुई मध्ये एक पद आफुले पाउनु पर्ने दावी गर्दै आएका प्रचण्ड आइतवारको बैठकमा गरुडका अगाडी सर्प बनेका छन् । प्रचण्ड आफ्नो अडानबाट पछि मात्र हटेका छैनन् आफ्नो अस्थिर चरित्र फेरी एकपटक नेकपाको सचिवालय बैठकमा देखाएका छन् । प्रचण्डले दुबै पदमा ओलीलाई समर्थन गरेका छन् ।

नेपालले प्रधानमन्त्री ओलीलाई अध्यक्ष पद छाड्नु पर्ने प्रस्ताव गरेका थिए । एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष दुबै पद लिन नहुने तर्क गर्दै नेपालले भनेका थिए ‘सरकार तपाई चलाउनुस्, पार्टी प्रचण्डले चलाउनुहुन्छ ।’ तर नेपालको प्रस्तावमा ओली मात्र नभई प्रचण्ड पनि तयार भएनन् । नेपालको प्रस्तावमा ओलीले भने अध्यक्ष पनि छाड्दिँन, सरकारपनि छाड्दिन । ओलीको जवाफ लगतै प्रचण्डले दुवै पदमा ओलीलाई समर्थन जनाए । उहाँको रुचिको कुरा हो हामीले निर्णय गरेर हुँदैन, प्रचण्डले भने ।

नेता नेपालले दुई अध्यक्षको कार्यविभाजनमा अडान लिइरहेका बेला प्रचण्ड एकल अध्यक्ष बन्ने अस्वीकार गरे । आफुलाई ओलीसँग समर्पित गरेको नेकपाका एक सचिवालय सदस्यले बताए । पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल र बामदेव गौतमले साथ छोडेपछि सचिवालय बैठकमा नेपाल एक्लिएका छन् ।

बैठकको शुरुमै अध्यक्ष ओलीले नेता नेपालमाथी आक्रमण गरेका थिए । नेपालको बरिष्ठता खोस्दै खनाललाई बरिष्ठ बनाएका थिए । जवाफमा नेपालले पार्टी एकताका बेला खनालसँग रिरिवी साँधन आफुलाई बरिष्ठ बनाएको र अहिले आफुसँग रिसिवी साँध्न खनाललाई बरिष्ठ बनाएको आक्रोस पोखेका थिए । नेपालले पूर्वएमालेभित्रका जुनियर नेतालाई सचिवालयमा राख्ने तर सिनियर नेतालाई बाहिर राख्ने काम ठिक नभएको पनि बताएका थिए । पूर्व एमालेमा इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलभन्दा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली बरियतामा अघि थिए । तर एकतापछि उनीहरु बरियतामा पछि परेका छन् । उनीहरु तीन जनालाई पनि सचिवालय सदस्य बनाउनु पर्ने माग नेता नेपालले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...