रवि लामिछानेकाे सम्पत्ति छानविन गर्न युवा संघकाे माग



हाम्रो इकोनोमि

 

सत्तारूढ नेकपाकाे भ्रातृ संगठन यवा संघ नेपालका सहसंयाेजक रमेश पाैडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने गरेको र करोडौं लिने गरेको आरोप लगाइएको थियो ।

लामिछानेको पक्षमा चितवन र देशका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा सामाजिक सञ्जालमा पुडासैनीको न्याय र रविको पक्षमा बहस भइरहेको छ ।

पुडासैनीले न्याय पाउनु पर्ने र कोही पनि निर्दोष फस्न नहुने विषयले केही दिन यता सामाजिक सञ्जाल बहसको केन्द्र बनेको छ ।

सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आफूलाई लामिछाने लगायतले अत्याधिक तनाव दिएका कारण मृत्युवरण गर्न लागेको भिडियो मार्फत बताएका थिए ।

मृत्यु प्रकरणबारे अनुसन्धानमा रहेको प्रहरीले थप अनुसन्धानको लागि भन्दै बिहीवार लामिछानेसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...