भोटेकोशीमा भीषण बाढी



हाम्रो इकोनोमि

 

 

सुवास्थित भोटेकोसी नदीमा भीषण बाढी आउँदा रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् ।

नदीमा ठूलो बाढी आएको र कुनै पनि समय क्याम्पमा क्षति पुग्ने खतरा देखिएपछि उनीहरू सुरक्षित स्थानतिर गएका हुन् । भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताए ।

 

‘नेपालतर्फ बाढी आउने गरी ठूलो पानी परेको छैन,’ उनले ऊर्जा खबरसँग छोटो टेलिफोन कुराकानीमा भने, ‘चीनतिर ठूलो पानी परेकाले नदी अप्रत्यासितरूपमा बढ्दै आएको छ ।’

त्यहाँ कार्यरत सबै कर्मचारी एक घन्टाअघि नै सुरक्षित ठाउँमा गएर बसेको गैरेले जानकारी दिए । उनका अनुसार सबै कर्मचारी सुरक्षित रहेको र सुरक्षा निकायलाई पनि जानकारी गराइएको छ । नेपाली सेना तथा सशस्त्र प्रहरीको सम्पर्कमै रहेकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।

‘क्याम्पभन्दा केही माथि खाली र सुरक्षित ठाउँ रहेकाले त्यही बसिरहेका छौं,’ गैरेले भने, ‘नदीमा पानी कति बेला घट्छ । त्यो अवस्था अवलोकन गरेर हामी क्याम्प झर्छौं ।’ रसुवा जिल्ला प्रशासन कार्यालयले पनि नदीमा पानीको बहाब बढ्दै गएकाले स्थानीयलाई सतर्क रहन सूचित गरेको उनले जानकारी दिए ।

चीनको सीमा नजिक निर्माणाधीन १ सय ११ मेगावाटको आयोजनाले पटक–पटक प्रकृतिक विपद् झेल्दै आएको छ । दुई वर्षअघि पनि नदीमा ठूलो बाढी आउँदा बाँधस्थलमा ठूलो क्षति पुगेको थियो । यस्तै, २०७२ सालको भूकम्पबाट पनि आयोजना नराम्रोसँग थलिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...