पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन : मन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ढोरपाटन दैनिकको १६ औं वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

समृद्धिका नाममा प्रकृति मास्न नहुने बताउँदै उनले भने, ‘पृथ्वी मासेर समृद्धि आउँदैन । नेपाल चिनाउने ढोरपाटनलाई पुरानै अवस्थामा राखौं, पर्यटनको विकास गरौं ।’ उनले बागलुङ जिल्ला संस्कृतिमा समेत धनी रहेको बताउँदै गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको बताए ।

खानी, पानी, श्रम र संस्कृतिले नेपालको समृद्धिलाई अगाडि बढाएको भन्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । ‘समृद्धि त हासिल गरेरै छाड्छौं’, मन्त्री बाँस्कोटाले भने, ‘लगानी र प्रतिफलतर्फ सरकार अग्रसर छ, जनता ढुक्क भए हुन्छ ।’

‘धरहरा, अन्तरराष्ट्रिय विमानस्थल जस्ता कार्य निर्माण हुनु भनेको नै समृद्धि हो’, उनले भने, ‘काम भएन भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्नेछन् ।’

उनले समृद्धिको आधारका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग, कालीगण्डकी करिडोरलाई उपयोग गर्न सक्नुपर्ने बताए । ‘समृद्धिका सपना पूरा गर्न यसका आधार निर्माण गर्नेतर्फ सरकार लागिपरेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘‘समृद्धि र सुखी’ भन्ने नारा जनताको सङ्कल्प हो । यसलाई पूरा गराउन सरकार प्रतिवद्ध छ ।’

मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माणमा आफू लागेको बताउँदै फोरजी, स्याटलाइटजस्ता सञ्चार प्रविधिको विकासमा नेपालले फड्को मारेको उल्लेख गर्नुभयो । सरकारले यस वर्ष पत्रकारसम्बन्धी १२ वटा कानून बनाउन लागेको जानकारी गराउँदै मन्त्री बाँस्कोटाले यो वर्ष पत्रकारका लागि महत्वपूर्ण रहने बताए ।

फरक प्रसङ्गमा मिडियालाई अपराध लुकाउन हैन, देखाउनका लागि उपयोग गर्न मन्त्री बाँस्कोटाले पत्रकारलाई आग्रह समेत गरे । ‘प्रहरीले स्वतन्त्ररुपमा कुनै पनि घटनाको अनुसन्धान गर्न सक्छ’, उनले भने, ‘गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै समृद्धिका लागि आधार निर्माण भइरहेको भन्दै सरकारले गति लिइरहेको दाबी गरे । उनले जुनसुकै पार्टी भए पनि विकास र समृद्धि साझा नारा भएको बताए ।

बागलुङबाट प्रकाशित ढोरपाटन दैनिक हालै मात्र गण्डकी प्रदेश राजधानी पोखराबाट प्रकाशन तथा वितरण हुन थालेको ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...