रवि लामिछानेलगायतविरुद्ध पुडासैनी पत्नीको किटानी उजुरी !



हाम्रो इकोनोमि

 

कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको दाबी गरिएको छ । चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी पत्नी सम्झना घिमिरे पुडासैनीले किटानी जाहेरी दिएको स्रोतले दाबी गरेको छ ।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले आत्महत्या गरेपछि उनको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफूले देहत्याग गर्न लागेको बयान गरेका थिए ।

सामाजिक सञ्जालमा भने उक्त भिडियोेलाई विवादीत बनाउँदै पक्ष र विपक्षमा बहस चलिरहेको छ । २० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा पुडासैनी मृत फेला परेका थिए ।

यता परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) होविन्द्र बोगटीले त्यस्तो कुनै उजुरी आफ्नो टेबुलसम्म आइनपुगेको बताए । तर, उनले आएको खण्डमा त्यस्तो उजुरीलाई सिधै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइने जानकारी दिए दैनिक नेपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...