माधव नेपालले भने अष्टलक्ष्मी शाक्य, भिम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउनुर्पछ



हाम्रो इकोनोमि

 

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी९नेकपा०मा नयाँ ट्विष्ट सार्वजनिक भएको छ । बामदेव गौतम उपाध्यक्ष बनेसँगै तत्कालिन नेकपा एमालेका तीन जना उपाध्यक्ष पनि सचिवालयमा आउने भएका छन् । अघिल्लो सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य, भिम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव आधिकारीक रुपमा दर्ज गरेका हुन् । नेता नेपालले नेकपाको सचिवालयमा महिला सहभागीता नभएको, तत्कालिन एमालेको सबै भन्दा पुरानो, प्रभावशाली नेतृ तथा दोश्रो कार्यकाल उपाध्यक्षमा निर्वाचित भएकाले अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताएका हुन् ।

एमालेमा सबै भन्दा धेरै मत ल्याएर उपाध्यक्ष जितेका भिम रावल र दोश्रो कार्यकाल पदाधिकारी निर्वाचित भएका युवराज ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको माग छ । ‘एउटै महाधिवेशनबाट जितेका एक जना उपाध्यक्षले सचिवालयसहित किसान महासंघ, संगठन विभाग र उपाध्यक्षको जिम्मेवारी पाउने अरुले कुनै भूमिका नपाउने भन्ने कुरा न्यायोचित भएन, अष्टलक्ष्मी, युवराज ज्ञवाली र भिम रावललाई सचिवालयमा ल्याउनुपर्छ’, नेता नेपालले सचिवालय बैठकमा भनेका थिए । नेता नेपालको प्रस्ताव माथी आजै बस्ने भनिएको सचिवालय बैठकमा छलफल हुनेछ ।

हाल नेकपामा अध्यक्षद्धय केपी ओली र प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, राम बहादुर थापा र बिष्णु पौडेल सचिवलयमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...