यिनी भन्छिन्, “निलो फिल्म बनाउने कम्पनीले युवतीहरुलाई आफ्नो शिकार बनाउँछन्”



हाम्रो इकोनोमि

 

चर्चित पोर्न स्टार मिया खलिफाले पहिलो पटक आफ्नो करियरबारे खुलेर कुराकानी गरेकी छन् । अमेरिकी लेखक मेगन अबोटलाई दिएको अन्तवार्तामा मिया खलिफाले पोर्न बनाउने कम्पनीले अबोध युवतीहरुलाई आफ्नो शिकार बनाउने गरेको बताएकी छन् ।

२६ वर्षीया मिया खलिफाले पोर्न उद्योगमा मात्रै ३ महिना काम गरिन् । २०१४ को अक्टोबरदेखि काम गरेकी उनले २०१५ को सुरुवातमै यो क्षेत्रबाट हात झिकिन् ।

जुन समयमा उनी पोर्नको घृणित दुनियाबाट बाहिर निस्किइन्, त्यतिबेला उनी इन्टरनेटमा हिट भइसकेकी थिइन् । उनले अन्तवार्तामा अहिलेसम्म पनि आफ्नो विगतबारे बोल्न नपाएको बताएकी छन् ।

उनले ट्विट गरेर लेखेकी छन्, ‘मानिसहरुलाई पोर्न क्षेत्रमा करोडौं कमाउँछु जस्तो लाग्छ । तर मैले यो कामबाट मात्रै १२ हजार डलर कमाएँ । यसपछि मैले यो कामबाट एक पैसा पनि कमाइन । पोर्न क्षेत्र छाडेपछि आम नोकरी खोज्न मलाई समस्या भयो । पोर्न मेरा लागि निकै डरलाग्दो थियो ।’

मिया खलिफा सबैभन्दा बढी हेरिने पोर्न स्टार हुन् । तर यस्तो कामबाट उनी जति चर्चित भइन्, सो अनुसारको दाम उनले पाइनन् ।

अहिले पनि उनको नामबाट एउटा वेबसाइट चल्छ । तर यसमा उनी मालिक हैनन् र पैसा पनि पाउँदिनन् । उनी भन्छिन्, ‘यो वर्ष म त्यो वेबसाइटबाट नाम हटोस् भन्ने चाहन्छु ।’ मिया लेबनानी मूलकी हुन् । छोटो पोर्न करियर उनको विवादित पनि बन्यो ।

हिजाब लगाएर शुट गरिएको भिडियोको मुस्लिम सम्प्रदायमा विवादको विषय बन्यो । त्यसैका कारण आईएसले उनको ज्यान लिने धम्की दियो ।

उनका इन्स्टाग्राममा मात्रै उनका १७ लाख फलोअर छन् । उनले सन् २०१४ मा पोर्न भिडियो बनाएकी थिइन् र यसलाई गोप्य राख्न चाहन्थिन् । तर छोटो समयमा नै भिडियोहरु बाहिर आए । उनको भिडियो बनाउने बेबसाईट ससारकै नम्बर एक बन्यो ।    साभार अल्टड् खबरबाट

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...