प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले पनि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भनेर संसद सचिवालयमा जानकारी आएको बताए ।

अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले समसामयीक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका केही जिज्ञासाको पनि जवाफ दिने छन् ।उनले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।

 

युरोप घुमेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधनका लागि समय पाएका थिए । तर, प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेर सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका थिए । विपक्षीको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

 

विपक्षीहरुले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादव प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै संसद् अवरोध गरेका थिए । यसबारे छानबिन गर्न पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएपछि साउन २० गतेबाट संसदको अवरोध हटेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...