सचिवालय बैठक बस्दै नेकपा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि शनिबारका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।

३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठन लगायतको एकता पूरा गर्न बाँकी छ । त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि बाँकी छ ।

वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालको वरीयता निर्धारणबारे पनि बैठकमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् । यी दुईमा को वरिष्ठ भन्ने विवाद पार्टी एकतादेखि नै रहँदै आएको छ । दुवै नेताले वरीयतामा आफू अगाडि हुनुपर्ने दाबी गर्दै आइरहेका छन् । नेकपाले एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...