वरीयता नफेर्न माधव नेपालको चेतावनी



हाम्रो इकोनोमि

 

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर त्यसो गरिए सचिवालय बैठकमा ‘काउन्टर’ एजेन्डा ल्याउने चेतावनीसमेत दिए ।

कोटेश्वरस्थित आफ्नै निवासमा शनिबार प्रचण्डसँगको भेटमा नेपालले वरीयता तलमाथि गर्न खोजिए ‘एक व्यक्ति : एक जिम्मेवारी’को नीति अघि सार्ने बताएका छन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ ।

शुक्रबारको बैठकमा वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरिएलगत्तै आफूमाथि अन्याय भएकाले खनालले वरीयताक्रम पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए । टुंगिसकेको मुद्दा उठाएर हेरफेरको कोसिस गरिए विधानमा व्यवस्था गरिएको एक व्यक्ति : एक जिम्मेवारी अध्यक्षबाटै लागू हुनुपर्ने माग राख्ने नेपालको तयारी छ ।

ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने गत पुसमा वामदेव गौतमले पूरक प्रस्ताव अघि सारेका थिए । एमाले धार कोअर्डिनेसन केन्द्र र नेकपा माले गठन हुँदादेखि नै खनालभन्दा आफू माथिल्लो कमिटीमा रहेर काम गरेको, माले–मार्क्सवादी एकतापछि आफ्नै प्रस्तावमा खनाल स्थायी समितिमा मनोनीत भएकाले उनीभन्दा वरिष्ठतामा अगाडि रहेको नेपालको दाबी छ । खनालले भने आफू निवर्तमान अध्यक्षको हैसियतमा नेपालभन्दा माथिल्लो वरीयतामा हुनु स्वाभाविक भएकाले पार्टी एकतापछि अन्याय भएको बताउँदै आएका छन् ।

प्रचण्ड र नेपालले शुक्रबारको निर्णय र एकता र कार्यविभाजनसम्बन्धी बाँकी एजेन्डामा केन्द्रित रहेर छलफल गरेको नेपाललाई उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले बताए । महासचिव विष्णु पौडेलले भने वरीयतासम्बन्धी विषयले एजेन्डाका रूपमा बैठकमा प्रवेशै नपाएको बताए । ‘जेएन कमरेडले बैठकमा वरीयता हेरफेरको कुरा उठाउनुभएको हो,’ महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्यस विषयमा कुनै छलफल भएको छैन । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...