रबी लामिछानेलाई आजबाट ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति



हाम्रो इकोनोमि

 

 

सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन थुनामा रहने भएका छन्।जिल्ला अदालत चितवनले लामिछानेलाई हिजो (बिहीबार) बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार बिहान चितवन लगिएको थियो। प्रहरीलेअनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत पुर्‍याएको थियो।उनीसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो।

रवि लामिछाने काण्ड बारे सुरेन्द्र केसीको चर्को स्वर, आज रवि फसे भोलि म नि फस्न सक्छु

काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै अहिले चितवन र काठमाडौमा समर्थकहरु सडकमा ओर्लिएका छन् भने रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत कार्यालय चितवनमा पुर्याइएको छ । रवि लामिछानेलाइ ‘डाइङ डिक्लेरेसन’ का आधारमा अनुसन्धानको लागि चितवन लगिएको हो । पत्रकार सालिकराम पुडासैनीको ‘डाइङ डिक्लेरेसन’ को आधारमा के रविलाई कारवाही हुन्छ कि अनुसन्धान पछि छुट्छन भन्ने कौतुहलता रविका समर्थकहरु बीच अहिले बढिरहेको छ । यहि विषयमा आफ्नो धारणा राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले क्यानाडा नेपाल संग कुराकानी गरेका छन् ।

डाक्टर सुरेन्द्र केसीले चर्को स्वरमा यो विषयमा बोल्दै भने: “यहाँ त भोलि म पनि फस्छु कि भन्ने डर पो भयो यो घटनाले को तरिका हेर्दा । रवि माथि अनुसन्धान हुन्छ तर त्यो भिडियो नै आधार मानेर कारवाही भने गर्नु गलत हुन्छ । सहि तरिकाले अनुसन्धान हुनपर्छ र अनुसन्धान अनुरुप अगाडी बढ्नु पर्ने हुन्छ तर नेपाल हो यहा जे पनि हुन्छ । भोलि कसैले मेरो नाम लिएर यस्तै भिडियो बाहिर निकालेर यस्तो दुर्घटना गर्यो भने म जस्तो सर्वसाधारणको के हालत होला ? अब सत्यको लागि बोल्न पनि डर पो हुने भयो त !”

भिडियोलाई नै आधार मानेर कारवाही गर्न चाहि नमिल्ने तर अनुसन्धान सहि तरिकाले गरेमा मुख्य अवियुक्त पक्राउ पर्न सक्ने कुरा डाक्टर केसीले उल्लेख गरे । रवि मात्र होईन नेपालमा ठुला ठुलाहरु लाई पनि यसरी अनुसन्धानको लागि लगिएको छ र अहिले आत्तिनु पर्ने अवस्था त छैन तर अनुसन्धान कसरी हुन्छ र प्रभावमा हुने हो कि भन्नेले निर्धारण गर्छ आउने दिन । डाक्टर केसीले सहि तरिकाले अनुसन्धान गरेमा रवि लामिछानेले न्याय पाउन सक्ने कुरा उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...