नेकपाको उपाध्यक्षमा बामदेव गौतम



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरि अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले बताए ।

पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोलते जनाएको छ । नेकपाको बिधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।

गौतमलाई केही दिनयता प्रधामनन्त्री ओलीले फकाइरहेका थिए । उनलाई गत मंगलवारमात्र ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर रात्रिभोज सहित छलफल गरेका थिए । गौतमलाई ओलीले कास्की २ को उपचुनावमा उम्मेदवार बन्न समेत ओलीले प्रस्ताव गरेका छन् ।नेकपा बैठकले अन्य पदाधिकारी समेत सिफारिस गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...