प्रधानमन्त्री ओलीले भने : म १५ वर्षअघि बिरामी थिएँ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ज्वरो आएर आराम गर्दा बाहिर हावा हालेर समाचार बनेको टिप्पणी गरेका छन् । गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग शुक्रबार बालुवाटारमा भेटेका ओलीले आफू तन्दुरुस्त रहेको बताएका हुन् ।

ओली अचानक अस्वस्थ भएपछि बिहीबार निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको थियो । सिंगापुरमा स्वास्थ्य जाँच गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि धेरैले चासो व्यक्त गरे । तर उनले शुक्रबार झापाका कार्यकर्तासँग भेटेका छन्, जसको तस्वीर प्रधानमन्त्रीको निजी सचिवालयले सार्वजनिक गरेको हो ।

प्रधानमन्त्रीको ओली उनी तस्वीर ठीक रहेको सन्देश दिन सार्वजनिक गरिएको स्रोतले जनाएको छ । फोटोमा अर्थमन्त्री डा.युवराज खतिवडा, झापा क्षेत्र नम्बर ५ अन्तर्गतका जनप्रतिनिधि र नेकपा कार्यकर्ता तथा उद्योगी,व्यवसायीहरु छन् ।

म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन’  ‘हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर आए ।’

गत साता सिंगापुरमा आँखा, कान र बुढी औंलादेखि कान्छी औंलाको नङसम्म परीक्षण गरेर आएको भन्दै उनले आफू ठीक रहेको बताए । ओलीलाई उधृत गर्दै प्रेस संयोजक चेतन अकिारीले भने, ‘अब २०–२५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरहरुले । त्यसकारण म विरामी होइन ।’

झापालीहरुसँगको भेटपछि ओली नेकपा केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गरिरहेका छन् । नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

‘म अहिले होइन ,१५ बर्ष अघि विरामी थिँ । १२ बर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै अधिकारीले भने ‘मलाई विरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । विरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकीकरण गरें ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...