प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए । विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए ।

तर आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटारसमेत पुगेका थिए ।

एक नेताकाअनुसार ओली बैठकस्थलमा नै आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलमा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । ‘ज्वरो आएको छ र जीउ दुखेको छु भन्नुभएको छ’, एक नेताले भने ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, बैठक औपचारिक रुपमा प्रवेश नै भएन । सामान्य सचिवालय सदस्यहरुले सांगठनिक एकीकरणको कामको बारेमा छलफल मात्रै भयो । बैठक बस्दा प्रधानमन्त्रीको समस्यामा थप समस्या आउन सक्ने भएकोले हामीले नै बैठक स्थगित गर्रौ भनेका हौँ ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...