पत्रकार पुडासैनी प्रकरण: अस्मिता कार्की पक्राउ



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् । नेपाल प्रहरीको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । काठमाडौंमा उनलाई सञ्चारकर्मी रवि लामिछानेका मान्छेले नियन्त्रणमा लिएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । लामिछानेसहित आरोपित युवराज कंडेल अहिले प्रहरीको निगरानीमा छन् । नेपाल प्रहरीको ल्याब रिपोर्ट पनि चितवन पुग्ने क्रममा रहेको छ ।

आज बेलुकी वा भोलि लामिछाने र कंडेल बिरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । प्रहरी नियन्त्रणमै राखेर चर्चित सञ्चारकर्मी लामिछानेसहित कँडेल र कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने प्रहरीको तयारी छ । पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...