मुख्यमन्त्रीलाई गृहजिल्ला जान विप्लव समुहको प्रतिबन्ध



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला जान विप्लव नेकपाले प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित विप्लव नेकपाले आफ्नो अनुमति नलिएर आधार इलाकामा आएको भन्दै मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट गराउन थालेको छ ।

मुख्यमन्त्री शाहीको गृहजिल्ला कालिकोट हो । उनी त्यहाँबाट निर्वाचित सांसद र नेकपा जिल्ला इन्चार्ज हुन् । पार्टी र प्रदेश सरकारको काम लिएर यतिबेला मुख्यमन्त्री शाही कालिकोट पुगेका छन् । आफ्नो अनुमति नलिएर कालिकोट आएको भन्दै विप्लव समुहले दैनिक बम विस्फोट गराउन थालेको छ । बुधबार पचाल झरनाको फेदमा र बिहिबार रास्कोटमा बम बिस्फोट गराएको छ ।

राज्यका कुनैपनि सार्वजनिक पदमा पुगेका ब्यक्तिलाई कालिकोट आउँदा अनुमति लिनुपर्ने नियम विप्लव नेकपाले बनाएको छ । आफ्नो आधार इलाकामा आउन मन्त्री र सांसदहरुलाई प्रतिबन्ध नै लगाएको छ ।

‘ठुलो सुरक्षा फौजसहित मुख्यमन्त्री हाम्रो आधार इलाकामा प्रवेश गरेपछि हामीले सांकेतिक बम बिस्फोट गराएका हौ’ विप्लव नेकपाका कालिकोट सेक्रेटरी मनीलाल ऐडीले भने ‘हामीले प्रतिबन्ध लगाएको सत्ताका मान्छेहरु आउँदा सांकेतिकरुपमा बम बिस्फोट गराएर विरोध जनाएका हौं। अझै अटेर गरी आफ्नो आधार इलाकामा गतिबिधि बढाए सशक्त प्रतिकार गर्छाै ।’

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...