धुर्मुसलाई फिल्म खेल्न आयो यति ठुलो रकमको अफर !



हाम्रो इकोनोमि

 

 

नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरी हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो।तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ, नेपाली फिल्म बजारमा।

पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो। पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे, तर असफल भए।यो ५० लाखे हल्ला क्याम्पमा कमेडियन कलाकार हुँदै समाजसेवी हुने तहडमा लागेका धुर्मुस अर्थात सीताराम कट्टेलको पनि प्रवेश भएको खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

उनी चार वर्षदेखि समाजसेवामा छन्। बल्लबल्ल घर चलाइरहेको छु भनेर कतैकतै सँक्कसुँक्क पनि गरेको देखिन्छ।तापनि लाखौँ खर्चिएर फिल्म बनाउन कस्सिएका छन् उनी।

यही मौकामा ५० लाखको गफ पनि फ्याँकि हाले, ‘यो बीचमा फिल्म खेल्ने अफर नि आथ्यो ५० लाख पारिश्रमिक प्लस सेयर’ भन्दै। धुर्मुसले पो भनेको हो त पत्याउनु परिहाल्यो!

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...