धुर्मुसलाई फिल्म खेल्न आयो यति ठुलो रकमको अफर !



हाम्रो इकोनोमि

 

 

नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरी हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो।तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ, नेपाली फिल्म बजारमा।

पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो। पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे, तर असफल भए।यो ५० लाखे हल्ला क्याम्पमा कमेडियन कलाकार हुँदै समाजसेवी हुने तहडमा लागेका धुर्मुस अर्थात सीताराम कट्टेलको पनि प्रवेश भएको खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

उनी चार वर्षदेखि समाजसेवामा छन्। बल्लबल्ल घर चलाइरहेको छु भनेर कतैकतै सँक्कसुँक्क पनि गरेको देखिन्छ।तापनि लाखौँ खर्चिएर फिल्म बनाउन कस्सिएका छन् उनी।

यही मौकामा ५० लाखको गफ पनि फ्याँकि हाले, ‘यो बीचमा फिल्म खेल्ने अफर नि आथ्यो ५० लाख पारिश्रमिक प्लस सेयर’ भन्दै। धुर्मुसले पो भनेको हो त पत्याउनु परिहाल्यो!

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...