भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

कश्मीरलाई लिएर अहिले भारत र पाकिस्तानबीचको सम्बन्धमा खटपट सुरु भएको छ । यस क्षेत्रलाई लिएर लामो समय देखि भारत पाकिस्तान तनाब जारी नै छ । हिजो पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाएपछि भारतले आज आफनो ७३ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

हरेक बर्ष अगस्ट १५ मा भारतले आफनो स्वतन्त्रता दिवस मनाउँदै आईरहेको छ भने १४ अगस्ट पाकिस्तानको स्वतन्त्रता दिवस हो । आज भारतले देशभर विभिन्न कार्यक्रम गरी हर्ष उल्लासका साथ स्वतन्त्रता दिवस मनाईरहेको छ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गरेका छन् ।

लालकिलामा पुगेर मोदीले भव्य समारोहकाबीच सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा मोदीले आतं’कवाद र त्यसलाई पश्रृय दिने देशको कडा आलोचना गरेका छन् । सम्बोधनको क्रममा उनले आतं’कवादबिरुद्ध भारतको लडाई निरन्तर जारी रहने प्रतिबद्धता जनाए । पाकिस्तानप्रति इंगित गर्दै उनले आतं’कवादलाई समर्थन गर्नेहरुको पर्दाफास गर्ने उनको पनि प्रतिबद्धता व्यक्त गरे ।

सम्बोधनको क्रममा उनले भने, ‘आज विश्वको कुनै न कुनै हिस्सामा केही न केही भएकै छ । भारत यस्तोमा मुकदर्शक बनेर बस्ने छैन । आतं’कवादबिरुद्ध भारतको लडाई जारी रहनेछ । अब आतं’कवादको एक्सपोर्ट (निर्यात) गर्नेहरुको पर्दाफास गराउँने बेला आईसकेको छ ।’
उनले अगाडी थप्दै भने, ‘केही मानिसहरु भारतसंगै श्रीलंका , बंगलादेश र अफगानिस्तानमा पनि आतं’कवाद फैलाइरहेका छन् ।

यसका लागि सबै एक जुट हुन आवश्यक छ ।’ यसैगरी अनुच्छेद ३७० खारेजको बिषयमा पनि उनले अभिव्यक्ति दिए । उनले जम्मू कश्मीरबाट अनुच्छेद ३७० को खारेजले सरदार वल्लभ भाई पटेलको सपना साकार गर्नका लागि एक कदम भएको दाबी गरे । उनले अहिलेको सरकार समस्या पाल्ने भन्दा पनि समाधान गर्ने तर्फ लागेको बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...