ग्लोबल आईएमई बैंकको ३ वटा नयाँ शाखा सञ्चालनमा



हाम्रो इकोनोमि

 

ग्लोबल आईएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–१, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–६, नयाँ बजार र खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका–१, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको भन्दै नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १४० पुगेको पनि जानकारी दिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १ सय ४८ एटीएम, १ सय ७९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको तथा अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको पनि बैंकले जनायो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...