वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन



हाम्रो इकोनोमि

 

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए । आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो ।  लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

 

दीक्षितका प्रकाशित केही कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)

१२. जीवन महाअभियान

१३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...