कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम बिष्फोट



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम बिष्फोट भएको छ । आज दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा चलिरहेका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएको हो ।

मुख्यमन्त्रीलाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको बताइएको छ। बम बिष्फोटबाट मानवीय क्षति भएको छैन । बम बिष्फाेट हुने स्थान मुख्यमन्त्री शाहीकै गाउँपालिका हाे ।

मुख्यमन्त्री शाही मंगलबार वीरेन्द्रनगरबाट कालिकोट गएका थिए । पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थलनजिकै बम विष्फोट भएको हो । गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर माथिको जंगलमा बम विष्फोट भएको हो ।

कालिकोटमा विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव रहेको मानिन्छ । पूर्वमन्त्री तथा विप्लव समूहका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि कालिकोटकै हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...